मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडकको अनुगमन, असार मसान्तमा ५० प्रतिशत काम सक्ने लक्ष्य

उज्यालो प्रतिनिधि १२ चैत्र २०७८, शनिबार मुख्य नेटवर्क

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी रगादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेक हुन ।

अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन देइका छन । “सडकको कामकुनै हालतमा नरोकियोस्,” मन्त्रीपौडेलले भने, “प्रभावित स्थानीयलाई मुआब्जादिए सहमतिमै काम अघि बढानुहोला ।” मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीब्र रूपमा अघि बढाउन निर्देशन दिए ।

यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवाक्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ । यस्तै, गादीखोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्टक्सन प्रालिका सञ्चालक सोमनाथ थकालीले जानकारी दिए । ।

“हामीले काम तीब्र रुपमा गरिरहेका छौं,” सोमनाथ थकालीले भने, “असार मसान्तसम्म ५ किलोमिटर सडक पक्की गरिसक्छौं, असोजसम्म १० किलोमिटर सडकको काम सकेर हस्तान्तरण गछौं ।” १० किलोमिटर सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले ४० करोड रकम विनियोजन गरेको छ । सोही सडकको जिम्मालामा कन्ट्रक्सन प्रालिले लिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार