नवलपरासी म्यादी प्रहरीमा ५ हजार ७ सय ३८ जनाको आवेदन

उज्यालो प्रतिनिधि १२ चैत्र २०७८, शनिबार मुख्य नेटवर्क

रबिन्द्र यादव / नवलपरासी पश्चिम वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा ७७ वटै जिल्लामा आवेदन दिने म्याद शुक्रबार सकिएको छ । नेपाल प्रहरीले एक लाख माग गरेको म्यादी प्रहरी मध्ये नवलपरासी पश्चिम जिल्लामा सुरक्षाका लागि एक हजार २९ जनाको मात्र म्यादी प्रहरी माग गरिएको हो ।

शुक्रबार अन्तिम दिनसम्म ५ हजार ७ सय ३८ जना मध्येबाट ४ हजार ३ सय ७८ जना पुरुष र १ हजार ३ सय ५८ जना महिला आवेदन दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले बताए । ४० दिने म्यादी जागिरको लालसामा जिल्ला प्रहरी कार्यालय परासीमा दिनहुँ आवेदन दिनेहरुको लाम लाग्ने गरेको थियोे । दिनहु युवाहरूको भिडले देशमा बेरोजगारीको अवस्था छर्लङ्ग पारिदिएको देखिन्छ । आवेदन दिन आउनेमा पुरुषसँगै महिलाहरूको सहभागिता पनि उल्लेखनीय देखिएको थियो ।

स्थानीय चुनावका लागि जिल्लामा १ हजार २९ म्यादी प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । नवलपरासी पश्चिम जिल्लामा आबेदन खुल्ला भएको दोस्रो दिनमै माग बमोजिम दोब्बरको आबेदन परेको थियो । सरकारले म्यादी प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीमा पहिले काम गरेका, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाशप्राप्त, अघिल्लो निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकालाई प्राथमिकता दिइने जनाएको छ । यसका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले शुक्रवार यही चैत ११ गते सम्म आवेदन दिन सक्ने समयसीमा तोकेको थियो ।

जिल्लामा पहिलो दिन ९ सय ६४ जना, दोस्रो दिन १२ सय ११ जना, तेस्रो दिन १५ सय १३ जना, चौथो दिन ९ सय १४ जना, पाचौ दिन ६ सय ९१ जना र छेठौ दिन ४ सय ४५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । यी मध्ये दुई जना तेस्रो लिङ्गी समेतले रहेको प्रहरीले बताएको छ । यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । ४० दिनसम्म भर्ना हुने म्यादी प्रहरीले तलब,भत्ता,राशन सबै जोडेर ४३ हजार पाउने छन् ।

म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन् । दोस्रो,प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका पर्छन् । तेस्रो, प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा जागिर छोडेर आएका पर्छन् । चौथो, प्राथमिकतामा सुरक्षा निकायमा भर्ना हुनका लागि न्यूनतम् मापदण्ड पूरा हुन सक्ने व्यक्तिहरू पर्नेछन् । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार