जनकपुरधामको विकासका लागि योजना बनाउँदै

उज्यालो प्रतिनिधि १२ चैत्र २०७८, शनिबार २ नं. प्रदेश

विरगञ्ज । वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि गर्न सकिने योजनाबारे सरोकारवालासँग छलफल अघि बढाएको छ । करिब चार वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको रु एक अर्बको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल सुरु गरेको हो ।

जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वाणिज्यदूत नितेशकुमारले भारत सरकारले जनकपुरधामको विकासका लागि आर्थिक सहयोगको प्याकेज ल्याएको जानकारी दि ।

“प्रधानमन्त्री मोदीले घोषणा गर्नुभएको आर्थिक सहयोगको घोषणा अनुसारको रकम आउँछ, ढुक्क हुनुस्”, उनले भने, “त्यो आर्थिक सहयोग कुन कुन योजना बनाएर, कसरी काम गर्ने भन्ने विषयमा मधेश प्रदेशका मुख्यमन्त्री, जनकपुरधाम नगरपालिकाका प्रमुख, प्रदेशका नीति योजना आयोगका पदाधिकारीलगायत सरोकारवालासँग छलफल गरिरहेका छौँ । उनीहरुले सरसल्लाह र योजनाअनुसार नै हामी सहयोग गछौँ ।”

भारतीय सरकारको सहयोगमा सञ्चालित योजनाको अनुगमन गरी त्यसलाई समयमै सम्पन्न गर्न पहल गरिने वाणिज्यदूत नितेशकुमारको भनाइ थियो । मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा बागमती प्रदेशको चितवन र मकवानपुर गरी आठ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर विगत एक वर्षभित्र चितवनको गुञ्जमान सिंह अस्पताल, राष्ट्रिय प्राथमिक विद्यायल, मकवानपुरको बागमती निम्न मावि, सर्लाहीको बालगोविन्द जनता मावि र जनता मावि सर्लाहीको भवन निर्माण गरिएको उनले जानकारी दिए ।

केही समयपछि नेपाली युवा पत्रकारलाई परिचयात्मक भ्रमणका लागि भारत पठाउने योजना बनाइएको जानकारी दिँदै वाणिज्यदूत नितेशकुमारले नेपालबाट सांस्कृतिक टोली भारत पठाउनेसमेत योजना बनाएको सुनाए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार