सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)इन्द्रावती-७ निर्वाचन कमान्ड बैठक बागमती प्रदेश सचिवालय सदस्य साथै इन्द्रावती गाउँपालिका निर्वाचन परिचालन कमान्डर चिरञ्जीवी आचार्य’चिराग’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
वडा कमान्डको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति सदस्य वीर बहादुर तामाङ’मिलन’को नेतृत्वमा विभिन्न जिम्मेवारी सहित २११ सदस्यीय निर्वाचन परिचालन कमान्ड घोषणा भएको हो।
यस अघि निर्वाचन नजिता आफ्नो बसमा पार्न सफल माओवादी केन्द्र पुन जित्ने उदेश्य सहित संगठन निर्माण एब परिचालनमा आक्रमक हिसाबले लागेको वडा समिती अध्यक्ष नेत्र बहादुर ढुंगानाले उज्यालो नेटवर्कलाई जानकारी दिए।