शिक्षामा तीन क्षेत्रको सुधार : शिक्षामन्त्री पौडेल

उज्यालो प्रतिनिधि १० चैत्र २०७८, बिहीबार शिक्षा

गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताए ।आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उनले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न थालिएको बताएको हो ।

मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको छ भने । उनले गण्डकी प्रदेशमा स्थापना गर्न लागिएको नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गरिने पनि जानकारी दिए ।

दुबै तालिम बिपी कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा बागलुङको गलकोटमो आयोजना गरिएको हो । तालिममा जिल्लाका २५ क्रियाशील पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी रहेका उक्त विकास समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार