उत्पीडिनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा विभेद र उत्पीडनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्ने बताएका छन । जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उनले नेपाली जनतालाई हरेक समस्याबाट निकास दिन जसपा पार्टी नै रहेको दाबी गरे ।

देशमा विकास तथा सुशासन कायम गर्न र राज्यमा रहेको सबैखाले विभेदको अन्त्यका लागि तिनै तहको सरकारको नेतृत्व जसपाले लिनुपर्ने उनले बताए । देशमा विद्यमान अवस्थामा रहेको बेरोजगारी, प्रतिनिधित्व र नागरिकतालगायत समस्या समाधानको अभिभारा जनता समाजवादी पार्टीको काँधमा आएको बताउँदै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट पार्टी जनताको समस्यालाई समाधान गर्ने दिशामा असफल सावित भइसकेको बताए ।

उनले मुलुकमा मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित, महिलालगायतका समुदायलाई शासन र प्रशासनमा सम्मानजनक प्रतिनिधित्व गराउँदै बेरोजगारी र नागरिकताको समस्या समाधान हुनुपर्ने जोड दिए । अध्यक्ष यादवले अगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई उपयोग गरी अगाडि बढ्नुपर्ने भन्दै जिल्लाका नेताहरूको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आएको बताए । साथै स्थानीय तहको निर्वाचनमा जिल्लाका नेताका योग्यता र क्षमता प्रष्टफुटित हुने उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार