रवि लामिछाने गिरफ्तारीप्रति पत्रकार महासंघको आपत्ति

३१ श्रावण २०७६, शुक्रबार ११:२६ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । टेलिभिजनको कार्यालयबाट पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै, ‘पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर न्युज २४ टेलिभिजनको कार्यालय परिसरभित्रै प्रवेश गरी ‘सीधाकुरा जनतासँग’कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएकोप्रति ‘नेपाल पत्रकार महासंघ न्यूज २४ शाखा’ र्र नेपाल प्रेस युनियन न्यूज २४ शाखा’को गम्भीर ध्यानाकर्षण भएको छ ।

कार्यवहाक अध्यक्ष प्रदीपराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले दिएको भिडियो प्रकरणबारे प्रहरीलाई अनुसन्धानका लागि आवश्यक सबै सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दागर्दै प्रहरीले कार्यक्रम सीधाकुरा जनताको कार्यकक्षमै आएर नियन्त्रणमा लिएकोप्रति खेद व्यक्त गर्दछौं ।’

हाल चितवनमा रहेका लामिछाने, कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

यस्तो छ विज्ञप्ति

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार