सीमावर्ती क्षेत्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन सामुदायिक विद्यालयमा इन्टरनेट जडान

शिवु खनाल २८ फाल्गुन २०७८, शनिबार फोटो समाचार

भैसाहीँनाका ।  भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन इन्टरनेट जडान गरिएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ र ७ अन्र्तगत पर्ने भौवा, भैसाहीँ र खांग्रानाकामा रहेका तीनवटा सामुदायिक विद्यालयमा इन्टरनेट जडान गरिएको हो । राजपुर गाउँपालिका वडा नम्बर ७ शिवशक्ति मावि भौवानाका, गौरिशंकर मावि भैसाहीँनाका र ६ नम्बर वडामा रहको बालकल्याण मावि खाग्रानाकामा निःशुल्क इन्टरनेट (वाईफाई) जडान गरिएको राजपुर गाउँपालिकाले जनाएको छ ।

सरकारले जिल्लाका सबै माध्यमिक विद्यालयमा निःशुल्क इन्टरनेट (वाईफाई) जडान गर्ने कार्यक्रम अन्तर्गत टेक माईन्डस प्रा।ली नारायणगढले निशुल्क वाईफाई जडानको कामलाई अगाडि बढाएको छ । प्रालिले इन्टरनेट सेवा विस्तार गरेपछि भारतसंग जोडिएका दाङका सीमावर्ती क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सहज भएको हो ।

रुखमामा फाईबर टाँगेर विद्यालयमा निशुल्क वाईफाई सञ्चालनमा ल्याइएको गौरीशंकर मावि भैसाहीँनाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर रोकाले जानकारी दिए । विद्यालयसम्म विद्युत् नपुगेकोले विभिन्न रुखमा फाईवर तार टाँगेर वाईफाई जडान गरिएको अध्यक्ष रोकाले बताए । दुर्गम क्षेत्रको विद्यालयमा पहिलोपटक इन्टरनेट सेवा पुर्योइएको छ । इन्टरनेट पुगेपछि विद्यार्थीहरुको सिकाईलाई अब प्रविधिमैत्री बनाउन सकिने भएको छ, अध्यक्ष रोकाले भने,—। ‘रुखमा टाँगेर फाइबर तार लगिएको हुनाले वर्षातमा पहिरो, जेठमासमा आँगोले तार चुड्न सक्ने भएकोले सम्बन्धित निकायाले विद्युत्को पोले व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।’ भारतसँग जोडिएको दाङको सीमावर्ती क्षेत्र भौवा, भैसाहीँ, र खांग्रानाका सीमावर्ती क्षेत्रमा पहिलोपटक इन्टरनेट सेवा सञ्चालन भएको छ ।

स्थानीय तह बनेपछि सम्पूर्ण सेवाहरु गाउँपालिकाबाटै प्रदान गर्ने भनिए पनि इन्टरनेटकै अभावमा स्थानीय इन्टरनेट सेवाबाट वञ्चित हुँदै आएका थिए । इन्टरनेट नभएकै कारण विभिन्न सेवा दिन भने सम्भव थिएन । गौरीशंकर माविका प्रधानध्यापक टंक विकले भन्नुभयो, इमेल इन्टरनेटकै असुविधाका कारण सञ्चारजन्य काम लमही जानुपर्ने बाध्यता रहेको थियो । तर, इन्टरनेट जडान गरिएसँगै अब सम्पूर्ण सेवा विद्यालयबाट शुरु गरिनेछ ।’ सूचना र सञ्चारको पहुँचबाट टाढा रहेको भौवानाकामा सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दालाई सूचना आदान–प्रदानमा सहज भएको शिक्षक अभिभावक संघ भौवानाकाका अध्यक्ष मंगलसिंह खड्काको जिकिर छ । लमहीबाट भौवानाका करिब एकसय भन्दाबढि किलोमिटरको दूरीमा टाढा छ ।

इन्टरनेट सेवा सञ्चालन नहुँदा विद्यालयको सूचना प्रवाह, कार्यालय सञ्चालन लगायत दैनिक जीवनयापनमा समस्या थियो, अध्यक्ष खड्काले भन्नुभयो, ‘अब सहजता मिलेको छ, इन्टरनेट सेवा नहुँदा सञ्चारको अवस्था शून्यप्राय थियो । अहिले जडान गरिएको इन्टरनेट सेवालाई भरपर्दो बनाउन अझै धेरै काम गर्न आवश्यक रहेको छ । धेरै सम्भावना बोकेको यो क्षेत्र सञ्चार सुविधाबाट वञ्चित हुँदा निकैपछि परेको स्थानीयवासीको भनाइ छ ।’ विश्वभर महामारीका रुपमा फैलिएको (कोभिड–१९)संक्रमणको समयमा भर्चुअल माध्यमबाट विद्यार्थीहरुलाई दैनिक रुपमा कक्षा लिन र शिक्षकलाई पढाउनका लागि अहिले जोडिएको इन्टरनेटले सहजहुने बालकल्याण मावि खांग्राका प्रधानध्यापक रामसुरज यादवले बताए । इन्टरनेट जडान कार्यले शिक्षक तथा विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा धेरै सहज हुने अपेक्षा समेत गरिएको छ ।

टेक माईन्डस प्रा।ली नारायणगढले इन्टरनेट सेवाको स्तरोन्नति तथा विस्तार गर्ने कार्यक्रम अन्तर्गत स्थानीय नेपाल सरकारसंग समझदारी गरेर सामुदायिक विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएको हो । भारतसंग जोडिएका दाङको सीमावर्ती क्षेत्रमा रहेको सामुदायिक विद्यालय, स्वास्थ्य चौकी गाउँपालिका र वडा कार्यालयहरुमा एक महिनाभित्रै इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको टेकमाइन्डस नेटवर्क लमहीका आनन्द दहाले बताए। उनले भने, नेपाल सरकारसंगको सहकार्यमा देउखुरी क्षेत्रमा तीव्र गतिको इन्टरनेट सुविधा हामीले दिन लागेका छौँ । इन्टरनेट जडानपछि सामुदायिक विद्यालयमा शिक्षक तथा विद्यार्थीको सिकाइ प्रभावकारी हुने जनाइएको छ । पछिल्लो समय सबैको हातहातमा स्मार्ट फोन पुगेपछि सबैलाई इन्टरनेट सेवा अपरिहार्य जस्तै बनेको छ । इन्टरनेट जडानपछि विद्यार्थीलाई स्वेच्छिक अध्ययनमा पनि सहयोग पुग्ने सरोकारवालाहरु बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार