दाङ । सल्यानमा धर्मप्रचार अभियोगमा प्रहरीले चार पक्राउ गरेको छ । सल्यानको सारदा नगरपालिका १ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गदै हिडे अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने तुल बहादुर परियार, सोहि ठाउँ निवासी रुपा सोनाम, घोराही उपमहानगरपालिका १५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर ६ निवासी भिम कु्मारी विकलाई हिजो पक्राउ गरेको हो ।
उनिहरुले उनिहरुको साथबाट बाईबल एक थानसहित धर्म प्रचारका विभिन्न सामग्री सहित पक्राउ गरेको हो ।