गाउँपालिकाले सम्झियो ११६ पूर्वजनप्रतिनिधिलाई

उज्यालो प्रतिनिधि २७ फाल्गुन २०७८, शुक्रबार समाचार

दाङ ।  दाङको बबई गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो । तत्कालीन जनप्रतिनिधिले विकास र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । “लोकतान्त्रिक आन्दोलन र यहाँको विकासका लागि पनि उहाँहरूले खेलेको भूमिका महत्वपूर्ण छ”, उनले भने, “त्यसैले पनि उहाँहरूको योगदानलाई हामीले मूल्याङ्कन गरेर सम्मान गरेका हौँ ।”

 

सबै स्थानीय तहले पुराना जनप्रतिनिधिलाई सम्मान गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले बताए । “हामीले स्थानीय तहमा नमूनाकार्य गरेका छौँ”, उनले भने, “यो सबै स्थानीय तहले यसरी नै सम्मान गर्नुपर्छ ।” तत्कालीन गाविसका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको हो ।

गाउँपालिकामा रहेका पूर्वजनप्रतिनिधि ११६ रहेको भन्दै सबैलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत भीष्मकुमार मल्लले बताए । उहाँका अनुसार तीमध्ये केही जनप्रतिनिधिको मृत्यु भइसकेको र केही जनप्रतिनिधि देश बाहिर रहेको भन्दै त्यस्ता जनप्रतिनिधिका परिवारलाई पनि सम्मान गरिएको हो ।

गाउँपालिकाले साविक पञ्चकुले र पुरन्धाराका विसं २०४९ र २०५४ का ११६ जनप्रतिनिधिलाई सम्मान गरेको हो । गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गर्नु नयाँ अभ्यास भएको उनीहरूको भनाइ छ । २५ वर्षअघिका जनप्रतिनिधिलाई एउटै थलोमा भेट्टाउने गरी आयोजना गरिएको यो कार्यक्रम निकै प्रभावकारी भएको विसं २०५४ का साविक पञ्चकुले गाविसका उपाध्यक्ष कृष्णप्रसाद चौधरीले बताए । उनले पुराना कुरा पनि सम्झिँदै भने, “त्यतिबेला हामीले दुई–अढाइ लाख बजेटमात्रै पाउथ्यौँ, त्यसमा पनि रु एक लाख ९५ हजारमात्रै चलाउन पाइन्थ्यो, तर अहिले वडामै ३० लाखबढी बजेट जान्छ ।”

बजेटले नै विकासको निर्धारण गर्ने भन्दै अहिले सरकारका रूपमा मान्यता पाएका स्थानीय तहले विगतभन्दा धेरै बजेट पाउने र विकास पनि राम्रै गरेको विसं २०५४ तत्कालीन पुरन्धारा गाविकासका उपाध्यक्ष खिमबहादुर खत्रीले बताए । त्यतिबेला जनप्रतिनिधिलाई सेवा–सुविधा पनि नभएको र अहिले जनप्रतिनिधिलाई सेवा–सुविधा पनि भएकाले धेरै सहज भएको उनको भनाइ थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार