संस्कृत विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ : शिक्षामन्त्री

उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७८, बिहीबार मुख्य नेटवर्क

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सूचना प्रविधिको अधिकतम प्रयोगसँगै संस्कृत विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने बताएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पौडेलले प्रविधिको प्रयोगसँगै सो विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै विश्वविद्यालयको हितमा सार्थक उपयोग गर्नुपर्ने उनीको भनाइ थिए । सन् २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गर्ने संस्कृत विश्वविद्यालयको योजनामा आफू सकारात्मक रहेको भन्दै उनीले कोरोनाका समयमा शिक्षा क्षेत्रलाई पाठ सिक्नुपर्ने र शिक्षाको परम्परागत शैली र संरचनालाई पुनःसंरचना गर्नुपर्ने बताए ।

उनले भने, “अध्ययन÷अध्यापनका नवीन विकल्प खोज्दै जानुपर्ने भएको छ, अब विश्वविद्यालय मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योग विज्ञान र प्राकृतिक चिकित्साका साथै खोज, अनुसन्धान र संरक्षणमा क्रियाशील रहनुपर्ने आवश्यकता भएको छ ।”

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार