सोलुखुम्बु : एमाले/कांग्रेसका दर्जनौं नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश

उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७८, बिहीबार उज्यालो फोकस

सोलुखुम्बु । सोलुखुम्बु जिल्ला थुलुङ दूधकोसी गाउँपालिकामा एमाले/कांग्रेसका दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी केन्द्र थुलुङ दूधकोसी गाउँपालिका वडा नं. ६ का पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले कांग्रेसका करिब ४६ जना भन्दा बढी नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

एमाले र कांग्रेस जस्ता पार्टीहरुले सधैं जनतालाई कन्फ्युजनमा राखेर उनिहरु सधैं राष्ट्रघाति कदम गर्न तल्लीन हुने तथा एमसिसीको मुद्दामा कांग्रेसले जसरी पनि पास गर्नुपर्ने, एमालेले प्रतिपक्षी भएर पनि एमसिसीको विपक्षी नउभिदा एमसिसी पास भएको र माओवादी एक्लैको जोडबल व्याख्यात्मक घोषणाले राष्ट्रलाई दुर्घटना हुनबाट बचाएको भन्दै उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पुरानो वामपन्थी नेता दिलराम गुरुङ, ज्ञानेन्द्र गुरुङ, धन बहादुर गुरुङ, इन्द्र श्रेष्ठ, बाबुराज भण्डारी, सुरेन्द्र तामाङ, भक्त गुरुङ लगायत ४ दर्जन नेता कार्यकर्ताहरुलाई गाउँपालिका अध्यक्ष अशिम राईले टीका तथा खादा लगाएर स्वागत गरेका छन् ।

पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै राईले उनिहरुको प्रवेशले सिंगो थुलुङ दूधकोसी गाउँपालिकामा माओवादी अझ सशक्त बनेको र नव प्रवेश कार्यकर्ताहरुलाई हैसियत अनुसारको जिम्मेवारी प्रदान गर्ने बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार