शिवु खनाल,देउखुरी । दाङको लमही नगरपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि स्थान छनोट गरेको ५ वर्ष वितिसक्दा समेत निर्माण कार्य अगाडि बढ्न सकेको छैन । २०७४ सालको निर्वाचन पश्चात् स्थानिय तहमा जनप्रतिनिधि आइसकेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रत्येक पालिकामा एक औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रीपरिषद्को बैठकले निर्णण ग¥यो ।
सोही निर्णण अनुसार लमही नगरपालिका कार्यपालिकाको बैठकले लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा रहेको विस विघा एैलानी जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि स्थान छनोट गरियो । संघिय सरकारले औद्योगिक ग्राम बनाउन लमही नगरपालिकालाई छनोट गर्दा स्थानीय र जनप्रतिनिधि निकै उत्साहित भएका थिए, तर नगरपालिकाको लापरबाहीका कारण निर्माणमा ढिलाइ भइरहेकोप्रति स्थानीय चिन्तित छन् ।
नगरपालिकाकै कारण औद्योगिक ग्राम निर्माण अगाडि बढ्न नसकेको स्थानीयले गुनासो गरेका छन् । हस्नापुरमा औद्योगिक ग्राम स्थापनाका लागि केन्द्रीय सरकारबाटै बजेट नआएको लमही नगरपालिका वडा म्बर ७ का वडाध्यक्ष मोहन गिरीले जानकारी दिए । केन्द्रिय सरकारले नेपाल अधिकाराज्य भर प्रत्येक पालिकामा एक औद्योगिक ग्राम स्थापना गर्ने भनेर निर्णय ग¥यो । त्यसपछि कार्यपालिकाको बैठकबाट हामीले हस्नापुरमा रहेको करिब विस विघा एैलानी जग्गा छनोट ग¥यौँ । तर, केन्द्र सरकारले अहिलेसम्म कामलाई अगाडि बढाएको छैन र कार्यक्रमलाई तिब्रता दिएको पनिे छैन, वडाध्यक्ष गिरीले भने, ‘हस्नापुरमा औद्योगिक ग्रामका लागि पन्ध्रलाखको डिपि.आर गरिएको छ । जसमध्य केन्द्रीय सरकारको पन्ध्रलाख रकम खर्च भइसकेको छ । अन्य काम अगाडि बढ्न सकेको छैन ।’
औद्योगिक ग्राम निर्माण हुने स्थानमा स्वच्छ खानेपानी, स्वास्थ्य चौकी, दमकलको व्यवस्था, विभिन्न हरित पार्क, विभिन्न उद्योग राख्नको लागि घर, पक्की कालोपत्रे रहेको वडाध्यक्ष गिरीको भनाइ छ । संघिय सरकारले औद्योगिक ग्राम निर्माणका लागि कार्यविधि पठाए पनि लमही नगरपालिकाले तदारुकता देखाउन नसक्दा निर्माणकार्य ढिलो भइरहेको छ । औद्योगिक ग्राम स्थापना भए धार्मिक र पर्यटकीय हिसाबले लुम्बिनी प्रदेशकै प्रसिद्ध मानिएको नगरपालिका हजारौँ युवाले स्वदेशमै रोजगारी पाउने स्थानियहरुको भनाइ छ ।
खाली जग्गामा तारबार गर्ने तयारी
लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा औद्योगिक ग्राम निर्माण हुने भनिएको स्थानमा तारबार गर्ने तयारी भइरहेको छ । नगरको विसलाख बजेटमा उक्त क्षेत्रमा तारबार गर्ने तयारी भइरहको छ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले औद्योगिक ग्राम निर्माण हुने स्थानमा तारबार गर्न लागेको जानकारी दिए । उनले डिपिआरको काम सबै सकिएको र उक्त स्थान संरक्षणको लागि तारबार गर्न लागिएको बताए ।
हामीले औद्योगिक ग्राम निर्माण गर्नको लागि नगर सभाबाट घोषणा गरेर अनुमोदन गरि प्रदेश सरकार कहाँ पठाएका छाँैँ, नगर प्रमुख केसीले भने । यता स्थानीय तहले घोषण गरेर प्रदेश सरकारलाई परिपत्र गर्ने र प्रदेश सरकारले पनि संघीय सरकारलाई परिपत्र ग¥यो भने केन्द्रबाट औद्योगिक ग्राममा निर्माण हुने संचरनाको लागि बजेट विनियोजन हुने घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमबहादुर वलीले जानकारी दिए । ‘केन्द्र सरकारबाट औद्योगिक क्षेत्र घोषण भएको छ, ग्राम भनेर घोषण हुनै बाकी छ ।’
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।