ब्लड क्यान्सरपीडितलाई सहयोग

बेँसीशहर । लामो समयदेखि ब्लड क्यान्सरपीडित २९ वर्षीय विकास घिमिरेको उपचारका लागि न्यू इरा बोडिङ स्कुलले आर्थिक सहयोग गरेको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको उक्त स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट आर्थिक रकम सङ्कलन गरी रु ४३ हजार ५०० घिमिरेको उपचारका लागि आइतबार साँझ आर्थिक सहयोग गरेको हो ।

एक कार्यक्रमबीच उक्त रकम घिमिरेका बहिनी शर्मिला न्यौपानेलाई सो स्कूलका सञ्चालक किरण श्रेष्ठले हस्तान्तरण गरे । विद्यालयका सञ्चालक श्रेष्ठले भने, “हाम्रा विद्यार्थीबाट रु पाँच हजार र अन्य बाँकी रकम शिक्षक, शिक्षिका, कर्मचारी र सञ्चालकबाट आर्थिक सङ्कलन गरेर घिमिरेको उपचारमा केही सहयोग पुग्ने अपेक्षाले सहयोग गरेका छौँ ।”

पीडितकी बहिनी न्यौपानेले सहयोग गरेर दाईको उपचारमा सहयोग पु¥याएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । करिब ११ महिनाअघि बोनम्यारो प्रत्यारोपण गरिएकामा अहिले पुनःस्वास्थ्यमा समस्या आएकाले हाल सोही अस्पतालमा उपचार भइरहेको उनकी बहिनीले बताए ।

हालसम्म रु ९६ लाख खर्च भइसकेको र अझै सोही हाराहारीमा रकम आवश्यकपर्ने अस्पतालले जानकारी दिएकाले आर्थिक अभाव भइरहेको परिवारको भनाइ छ । परिवार, आफन्त, विभिन्न व्यक्तिले गरेको सहयोगबाट उपचार गरे पनि फेरि उस्तै समस्या भएकाले सहयोग गरिदिनका लागि परिवारले अपिल गरेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार