काठमाडौँ । नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या र गर्नुपरेका सङ्घर्षका विषयमा मोम्चो कथा सङ्गह उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकले बताएका छन् । शनिबार यहाँ आयोजित सो सङ्ग्रहमाथिको परिचर्चा कार्यक्रममा उहाँहरुले कथाभित्रका विषयवस्तुले नेपाली समाजमा भएको तीतो यथार्थतालाई जीवन्त रुपमा उजागर गरेको टिप्पणी गरे ।
कार्यक्रममा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी जननी भएको जनाउँदै उनीहरुमाथि हुने हिंसा रोक्न यो कथा सङ्ग्रह सार्थक बनेको बताए । उनले भने, “पितृसतात्मक प्रवृत्ति उजागर गर्न मोम्चो कथा सङ्ग्रह सफल भएको छ । नारीमाथि हुने विभेद, अन्याय र अत्याचारजस्ताको तस्तै समाजबाट टपक्क टिपेर राखिनु कथाकारको सवल पक्ष हो ।”
समालोचक डा एकनारायण पौडेलले कथा सङ्ग्रहभित्र आन्चलिकता प्रवल मात्रामा देखिएको छ भन्नुभयोे । खोजमूलक र नारी विषयवस्तुमा केन्द्रित भएर लेखिएको यस कथाले सीमान्तकृत समुदायमा रहेको चेपाङ समुदायमा रहेको धर्म, संस्कृति, रीतिरिवाजलाई टिप्ने काम भएको उहाँले बताए ।
समीक्षक रमेश प्रभातले कथाभित्रको यौन मनोविज्ञानका बारेमा चर्चा गर्दै यौन मानवको अपरिहार्य वस्तु भएता पनि यसलाई प्रयोग गर्न नजान्दा समस्या भोग्नुपरेको कथामा समेटिएको उल्लेख गरे । सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा कथाकार वसन्त पराजुलीले नारी प्रधान विषयवस्तुमा लेखिएको मोम्चोमा यौन मनोविज्ञानसमेत पस्कने प्रयास गरिएको बताए ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।