रमेश खड्का काशी,दुवइ । संयुक्त अरब इमिरेष्टले यहि फेब्रुअरी २६ बाट खुला ठाउँहरूमा मास्क लगाउनै पर्ने नियमलाई अब ऐच्छिक बनाइएको छ। युएईको आपतकालीन, संकट र प्रकोप व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरण (NCEMA) ले शुक्रबार यो घोषणा गरेको हो।
यस अघि युएईमा मास्क नलगाएमा ३००० हजार दिराम सम्मको जरिवाना लगाईको थियो। यसका साथै युएईले आर्थिक र पर्यटन स्थलहरूमा सामाजिक दूरी मापदण्डहरू पनि खारेज गरिएको छ। यद्यपि, बन्द ठाउँहरूमा भने फेस मास्क अनिवार्य लगाउनु पर्ने भनिएको छ। आपतकालीन, संकट तथा प्रकोप व्यवस्थापन समितिले दिएको जानकारी अनुसार अब Covid-19 बिरामीहरूको नजिकको सम्पर्कमा आएकाहरूलाई पनि क्वारेन्टाइनमा जान आवश्यक छैन।
यसको सट्टा, उनीहरूले पाँच दिनको अन्तरमा दुईवटा पीसीआर परीक्षणहरू गर्नुपर्नेछ। यसका साथै संक्रमित व्यक्तिहरूका लागि आइसोलेसन प्रोटोकलहरू अघिल्लो घोषणा अनुसार जारी रहने बताएको छ। हाल युएईमा कोभिडका केशहरु न्यून रहेको कारण सार्वजनिक स्वास्थ्य र विभिन्न महत्त्वपूर्ण क्षेत्रहरू बीच सन्तुलन सिर्जना गर्न र दिगो रिकभरी हासिल गर्न राष्ट्रको प्रयासलाई समर्थन गर्ने युएईको रणनीति अनुरूप यो नियम लागु गरेको जानकारी दिएको छ। NCEMA ले प्रत्येक इमिरेट्सलाई क्वारेन्टाइन अवधि र पीसीआर परीक्षणको अवधि निर्धारण गर्न स्वतन्त्र छुट दिएको छ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।