सुनसरीमा जग्गा धनी प्रमाण पुर्जा वितरण, हालसम्म १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७८, शुक्रबार मुख्य नेटवर्क

सुनसरी । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई आज लालपूर्जा वितरण गरेका छन । मन्त्री श्रेष्ठले सुुनसरीको जिल्लाको कोशी गाउपालिकामा आज आयोजित एक कार्यक्रमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताए ।

मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएरपनि भूमि विहिन बनीरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड दिए । लालपूूर्जा नहुदा नागरिकता समेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपूर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गरे ।

मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग समेत गठन गरेर त्यसलाई पूूर्णता दिने काममा आफु लागिरहेको पनि बताए । मन्त्री श्रेष्ठले आफूुले मन्त्रालय संहालेपछि प्रविधिको प्रयोगमा जोड दिएको, नक्साको मुल्य घटाउन लागिएको, जग्गाको लेखापढिमा जथाभावी रुपमा रकम लिने पद्धती रोक्न काम शुरु गरेको र मुक्त हलीया, कमलरी, कमैयाको बस्तविकता अध्ययन गर्न गरि समस्या समाधान गर्न काम शुरु गरेको पनि बताए ।
उनले हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी दिए । तल्ला तहका नागरिक र वाास्तविक पिडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्न लागेको पनि उनले बताए ।

मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुदा गाउँपालिकाका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार