काठमाडौं । गायक तथा संगीतकार विहिन दोङले गायिका जितु लोप्चनलाई आफ्नो माया(अड्कल लसि आपीन माया) अड्कल गरेर नदिने बताएका छन् ।
पत्रकार सुदिन दोङले लेखेको उक्त गीतमा आफ्नो स्वर मार्फत गायक गायिकाद्धायले एकअर्काले आफ्नो माया अड्कल गरेर नदिने कुरा गरेका छन् ।
अजय स्याङतले निर्देशन गरेका उक्त गीतको भिडियोमा मोडल निरन्जली लामालाई सुरेश लामाले साथ दिएका छन् । ह्याङला टिभी युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त भिडियोको निर्माण पत्रकार हेम बोम्झनले गरेका छन् ।
भिडियोमा दुई प्रेमिप्रेमिका विच एकअर्काले व्यक्त गर्ने प्रेमिला शब्दहरु मार्फत चोखो मायामा कस्तो महसुस हुन्छ, मनमनै कस्ताकस्ता कुराहरु खेल्ने गर्छन जस्ता कुराहरु उजागर गर्न खोजेको देखिन्छ । हेर्नुस् भिडियो सहित