काठमाडौँ । रुसले शुक्रबार पनि युक्रेनमाथिको आक्रमण जारी राखेको छ । शुक्रबार बिहानै युक्रेनको राजधानी सहर किभमा मिसाइल आक्रमण गरेको छ । युक्रेनको सरकारका सल्लाहकारले बिहानै किभमा मिसाइल आक्रमण भएको बताएका हुन्।
सीएनएनका अनुसार शुक्रबार बिहानै किभमा दुई ठूला विस्फोट भएका छन्। तेस्रो विस्फोट केही टाढा भएको समाचारमा उल्लेख छ । रुसले बिहीबारबाट युक्रेनमाथि आक्रमण सुरु गरेसँगै १ लाखभन्दा धेरै मानिसहरु विस्थापित भएका छन्।
राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार उनीहरु विशेषगरी छिमेकी मुलुकहरु रोमानिया र मोल्डोभा गएका छन्।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।