काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन् । गण्डकी प्रदेशमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बिहान ११ बजे पोखरा जान लागेको एक नेताले बताए।
कार्यक्रममा सहभागी भएर ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ। प्रतिनिधिसभाको बैठक र पछिल्लो समय एमसीसीले राजनीतिक तरंगित भएकाले पनि अध्यक्ष ओली पोखरामा कार्यक्रम सकेर फर्किने भएका हुन्।
पोखरामा विभिन्न पार्टी परित्याग गरेर नेता कार्यकर्ता एमालेमा आउने भएपछि उनीहरुलाई स्वागत गर्ने कार्यक्रममा सहभागी हुन ओली पोखरा जान लागेका हुन्।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।