काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच बालुवाटारमा छलफल जारी रहेका छन ।
प्रधानमन्त्री देउवासँग दोस्रो चरणको छलफलका लागि एमाले नेताहरू बिहीवार साँझ बालुवाटार पुगेका हुन् ।
यसअघि बानेश्वरस्थित संसद् भवनमा एमाले र कांग्रेसका नेताहरूबीच पहिलो चरणको छलफल भएको थियो ।
एमसीसीका कारण वर्तमान सत्ता गठबन्धन धरापमा परेपछि देउवाले एमालेको साथ खोजेका छन् ।