काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले लोकगीत सङ्गीत, चलचित्र क्षेत्रका ख्याति प्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको हो ।
मन्त्री कार्कीले आज शोक विज्ञप्तिमार्फत लामाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा लामाले पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै मन्त्री कार्कीले उनको निधनबाट मुलुकले गीत सङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको बताएको छ ।