बर्दिबासबाट लागुऔषधसहित ३ जना पक्राउ

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७८, सोमबार फोटो समाचार

महोत्तरी । लागुऔषध कारोबार गरेको आरोपमा महोत्तरीबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–११ बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही मलङगवा–९ बस्ने २२ वर्षीय मुकेश साह र सर्लाही रामनगर–४ बस्ने २१ वर्षीय अरुणकुमार दास छन् ।

 

लागूऔषध कारोवार गर्दै गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले देउराली माध्यमिक विद्यालय नजिकैको बर्दिबास जङ्गलबाट चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।

उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध डिआइजेपाम इन्जेक्सन ३५ एम्पुल, प्रोमोथाजिन हाइड्रोचोलोराइड इन्जेक्सन ३५ एम्पुल र खुल्ला अवस्थामा राखिएको लेबलिङ नभएको एम्पुल ३५ थान गरी १ सय ५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार