आफ्नै आमालाई चिरपटले हानेर हत्या गरेको छोरा पक्राउ

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७८, सोमबार फोटो समाचार

मोरङ । आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, आफ्नै श्रीमती ३४ वर्षीया अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा भद्रपुर नगरपालिका-१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ परेका छन् ।

मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार