रक्तदान गरेर मनाइयो २७ औँ जनयुद्ध दिवस

उज्यालो प्रतिनिधि १ फाल्गुन २०७८, आईतवार फोटो समाचार

शिवु खनाल/देउखुरी । दाङको लमहीमा रक्तदान गरेर २७ औँ जनयुद्ध दिवस मनाइएको छ । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिले आइतवार नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीमा रक्तदान गरेर महान जनयुद्ध दिवसको २७ औँ  वार्षिकत्सव मनाएको हो । २७ औँ वार्षिकत्सवको अवसरमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम आइतवार लमहीमा सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ३० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् ।

नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना संक्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिका अध्यक्ष अमरकवर (नविन)ले जानकारी दिए । यस्तै नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिका उपाध्यक्ष बसन्त शर्मा (विक्रान्त)ले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए ।

कार्यक्रममा पूर्व लुम्बिनी प्रदेश कमिटि सदस्य रामप्रसाद घिमिरे, लुम्बिनी प्रदेश सल्लाहाकार चन्द्रप्रकाश शर्मा, नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटि उपाध्यक्ष गंगा पाण्डे, सचिव ओप्रकाश सुबेदी (सागर) लगायतले बोलेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार