काठमाडौं । प्रविधिको विकाससंगै विकृति पनि त्यतिनै भित्रिरहेका छन् । विशेषगरी युवा पुस्तामा पर्न गएको असर कसरी न्यूनीकरण गर्ने भन्ने चिन्ता समग्र अभिभावकहरुलाई रहेको देखिन्छन् ।
बोल्न नसक्दै हातमा ट्याप थमाइदिनुपर्ने, मध्यरात सम्म हानहान र ठोकठोक गर्दै बसेका पब्जिका आर्मीहरुको कारण दुखित परिवार, जहाँ पुगे पनि टिकटक बनाएर अपलोड गर्नुपर्ने प्रचलनले अधिकांशको परिवार हैरान भएको देखिन्छ ।
प्रविधिको विकाससंगै निस्केका विभिन्न सामाजिक संजालहरुबाट दुर्गम गाउँबस्तीमा लुकेर बसेका प्रतिभाहरु बाहिर ल्याउने देखि मानिसहरु बिचको दुरिलाई नजिक पार्ने जस्ता फाइदाहरु भए पनि अधिकांसले प्रविधिलाई बढी दुरुपयोग गरेको नै भेटिन्छ ।
त्यसैक्रममा चर्चित मोडल सुश्मा मोक्तानको टिकटक लतले यतिबेला परिवार निक्कै चिन्तित भएको भेटिएको छ । कलेजमा अध्यायन गर्दै गरेकि उनले आवश्यकता भन्दा बढी टिकटक चलाउने तथा टिकटक बनाउनकै लागि कलेज समेत छोडेका कुरा उनको दाइ कुइसाङ रुम्बाले चाल पाएपछि परिवार निक्कै दुखि भएको पाइएको छ ।
टिकटक बनाउनकै लागि आफ्नो बहिनी पराई पुरुषसंग कलेज जान छोडेर बाहिर बाहिर घुम्दै हिडेको दृश्य मोक्तानको बास्तबिक जीवनमा नभइ भर्खरै सार्वजनिक भएको ‘टिकटक हेरेर’ बोलको गीतको भिडियोमा देखिएको दृश्य हुन ।
गायक सन्तोष गोले र गायिका जितु लोप्चनको स्वरमा रहेको उक्त गीतमा पछिल्लो चरण टिकटक र पब्जिको कारण समाजमा देखापरेको विकृतिहरुलाई उजागर गर्न खोजेको छ ।
धनराज तामाङको शब्द, कुनसाङ लोप्चनको संगीत, तथा पुराना निर्देशक सुर्य लामा दोङको निर्देशनमा बनेको उक्त भिडियोमा कलाकारहरु सुश्मा मोक्तान, सन्जिव गोले, कुइसाङ रुम्बा लगायतलाई देख्न पाउनेछन् ।
प्रविधिको विकाससंगै मौलाउदै गरेको विकृतिलाई केही हदसम्म सम्बोधन गर्ने उदेश्य बनाएको उक्त भिडियोमा मोडल सुश्मा मोक्तानको जबर्जस्त नृत्य र अभिनयले जो कोहीलाई टिकटकको विकृति बारे सोच्न बाध्य हुनेछन् ।
काठमाडौं बौद्ध स्थित सेकुवा जक्सनमा एक पत्रकार सम्मेलन गरि उक्त भिडियो सार्वजनिक गरेका थिए । कार्यक्रममा तामाङ समुदायका महानायक एवम् चलचित्र निर्देशक अमिर दोङको सभापतित्व, नेपाल कलाकार संघका अध्यक्ष विश्व दोङको प्रमुख अतिथ्य, कलाकार रन्जिता तामाङ, सन्दिप स्याङतनको विशेष आतिथ्य र दर्जनौं कलाकारहरु अतिथिको रुपमा बाक्लो उपस्थितिका बिच भिडियो सार्वजनिक भएका थिए ।
डम्फू मिडिया हाउसको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त ‘टिकटक हेरेर’ बोलको भिडियो हेर्नुस् ।…..