तुलसीपुर अपडेट : ५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

उज्यालो प्रतिनिधि २८ माघ २०७८, शुक्रबार फोटो समाचार

शिवु खनाल/देउखुरी । तुलसीपुरको जुत्ता चप्पलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकहरु सबैको पहिचान खुलेको छ । चार जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा तुल्सिपुर उपमहानगर पालिका वडा नम्बर ५ निवासी अन्दाजी १४ वर्षिय साजिदा खातुन, सोही ठाउँ निवासी १५ वर्षिय हसन बकस, १७ वर्षिय मसिन बकस, ४२ वर्षिय नजरदीन अलि, ६ वर्षिय आबिददीन अलि रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुको उद्दार गर्न पुगेका सोही ठाउँ निवासी ३८ वर्षिय अमर डाँगी अचेत अवस्थामा भएको र उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ९ङ० लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले भवनमा मध्यरातिभएको आलगागीमा परि पाच जनाको मृत्यु भएको हो । अहिले घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा जिल्ला सुरक्षा समिति पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार