पेन्टागनले रुसले आक्रमणको बहाना बनाउन युक्रेनी सेनाले आक्रमण गर्ने दाबी

उज्यालो प्रतिनिधि २१ माघ २०७८, शुक्रबार विश्व

काठमाडौँ । रुसले पूर्वी युक्रेनमा रहेका रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ घुसपैठ गर्ने बहाना खोजिरहेको पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार बताएका छन्।

“हामीसँग जानकारी छ, रुसीहरूले आक्रमणको बहाना बनाउन चाहन्छन्। एउटा विकल्प भनेको रूसी सरकारले युक्रेनी सेना वा खुफिया सेनाद्वारा रूसी सार्वभौम क्षेत्र वा रूसी भाषी मानिसहरू विरुद्ध नक्कली आक्रमण गर्ने योजना बनाइरहेको देखिन्छ। पेन्टागनले रूसले केही ग्राफिक प्रचार भिडियोहरू उत्पादन गर्न गइरहेको र जसमा शवहरू र शोक गर्नेहरू चित्रण गर्ने अभिनेताहरू समावेश गर्ने र परिस्तथतिलाई भड्काउँने तर्फ उद्दत रहेको टिप्पणी गरेको छ ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले रुसले आफ्नो छिमेकीमाथि आक्रमण गर्ने तयारी गरेको आरोप लगाएपछि युक्रेनको अवस्था विगत केही महिनादेखि बिग्रिएको छ।
रुसले बारम्बार कुनै पनि देशमा आक्रमण गर्ने योजना नभएको बताउँदै आएको छ तर आफूले उपयुक्त ठानेमा आफ्नो सार्वभौम क्षेत्रभित्र सेना सार्ने अधिकार सुरक्षित रहेको पनि दोहोर्याएको छ। रुसले युक्रेन लगायत पूर्वतिर विस्तार गर्ने नाटोको योजनाले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा रहेको चेतावनी पनि दिएको छ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार