२ लाख बढीको अबैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा

उज्यालो प्रतिनिधि १६ माघ २०७८, आईतवार समाचार

रबिन्द्र यादव,नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा २ लाख २० हजार मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ५ गण्डक नहर पश्चिम स्थित दशगजा नजिकै नेपालबाट भारततर्फ जादै गरेको युपी ५६ अल २८०६ र बिआर ०६ सीई ७४१९ नम्बरको भारतीय मोटरसाईकलमा सवार ब्यक्तीहरु मोटरसाईकल छाडी भागेकोले उक्त मोटरसाईकलहरुलाई थप चेकजाँच गरेको थियो ।

उक्त मोटरसाईकलको डिक्कीबाट करिब १ लाख २० हजार बराबरको आईटिएल कम्पनीको चाइनिज १५० थान मोबाईल र १ लाख बराबरको २ वटा मोटरसाईकल सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलको नेतृत्वमा खटिएको गस्तीटोलीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको टोलीलाई देखे पछि उक्त मोबाईल र मोटरसाईल मानिसहरुले छोडी भागेका सशस्त्र प्रहरीबल नेपाल न.२६ गण नवलपरासीका सुचना अधिकारी माधब रेग्मीले बताए ।

नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार