नेपाल एसोसिएसन युएईका अध्यक्ष श्रेष्ठलाई कारबाहीको माग गर्दै दूतावासमा निवेदन

अनिस तामाङ ८ माघ २०७८, शनिबार मुख्य नेटवर्क

काठमाडौं । अष्ट्रेलिया पठाउँछु भन्दै ठगी गरेको आरोप लागेका नेपाल एसोसिएसन युएईका अध्यक्ष रमेश श्रेष्ठ र उनको कम्पनीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै पीडितहरुले दूतावासमा निवेदन दिएका छन् ।

युएईमा कार्यरत नेपालीहरुलाई अष्ट्रेलियापठाउँछु भन्दै मोटो रकम लिएर वर्षौंसम्म विभिन्न बहाना बनाएर नपठाएपछि पीडितहरुले जिसिडी एचआर म्यानेजमेन्ट कन्सल्टेन्सी  र उक्त कन्सल्टेन्सीका सञ्चालक श्रेष्ठविरुद्ध दूतावास निवेदन दिएका हुन् । पीडितको तर्फबाट काजिमान बुडाथोकीले ई-मेल मार्फत दूताबासमा निवेदन पठाएका छन् ।

पीडितका अनुसार जुन १५, २०२० को विज्ञापन अनुसार अष्ट्रेलियाको डार्बिन पोर्टमा ट्रली ब्वाई र ल्यान्ड पोटरको लागि ६ जना नेपालीहरुलाई छनौट गरेपछि तीन महिना भित्र काम हुने भन्दै श्रेष्ठले प्रति व्यक्ति ३ हजार युएई दिर्हाम लिएर बाँकी आधा पैसा भिसा आएपछि र बाँकी उडानअघि दिनुपर्ने शर्त राखेका थिए । श्रेष्ठले अस्ट्रेलिया पठाउन ३६ हजार दिर्हाम (झण्डै १२ लाख रुपैयाँ) लाग्ने भन्दै काम सुरुवात गरेका थिए ।

सेप्टेम्बर १९ तारिख २०२० मा (subclass 988 maritime crew) भिसा आएको भन्दै ५ लाख नेपाली रुपैयाँको रमेश श्रेष्ठले दिएको ठक्कर बहादुर कार्कीको (प्रकाश कार्की) एकाउन्ट नम्बर ००४०१९००७८६१६७०००००१ बेनी म्याग्दी शाखामा काजीमान बुढाथोकीले जम्मा गरेका थिए । पछि अष्ट्रेलियाको सिमा बन्द भएको भन्दै पटकपटक भिसा क्यान्सिल भयो भन्दै पीडितहरुको पैसा लिएर श्रेष्ठ देशविदेश घुम्दै हिडेको पीडितहरुले बताए । कार्की आँफै पनि नेपाल एसोसियसन युएईका बोर्ड अफ डाईरेक्टर हुन् । युएईमा भएको ब्यापारको भुक्तानी किन नेपालमा गरियो र त्यो पैसा कसरी युएई पुग्छ भनेर थप खोजिको बिषय बनेको छ ।

कोभिडको महामारीका कारण अष्ट्रेलियाको दूतावासको इमिग्रेसन बन्द भएको समय कसरी भिसा आयो भनेर  नेपालमा रहेको अष्ट्रेलियाको दूतावासमा गएर बुझ्दा उक्त भिषा नक्कली रहेको पाएपछि पीडितले आफ्नो पैसा फिर्ता मागेका थिए । तर श्रेष्ठले बारम्बार पर्खन भनेकोले आफुले उनको भनाइ मानेको बताए । नोभेम्बर २०२१ बाट अष्ट्रेलियाको भिसा खुलेको भए पनि श्रेष्ठले आजको दिनसम्म पनि अष्ट्रेलियाको भिसा बन्द रहेको भन्दै बिभिन्न मिडियामा झुट बोल्दै आएको पाईएको छ ।

श्रेष्ठको बदमासीको विषयमा उज्यालो नेटवर्कले समाचार प्रकाशन गरेपछि उक्त कन्सल्टेन्सीले विज्ञप्ति जारी गरी सञ्चारमाध्यममा आएको सबै समाचार झुट रहेको बताए पनि तथ्य र प्रमाणहरुले समाचार गलत छ भन्ने देखिदैन ।

अष्ट्रेलियाको इमिग्रेसन बन्दको बेला विज्ञापन !
श्रेष्ठको जिसिडी एचआर एण्ड म्यानेजमेन्ट कन्सलटेन्सीले कोभिड महामारीको कारण अष्ट्रेलियाको सबै इमेग्रेसन बन्द भएको समय अष्ट्रेलियाको लागि ट्रली व्वाई र ल्यान्ड पोटरको लागि मान्छे चाहिएको भनेर विज्ञापन गरेको देखिन्छ ।

जुन १५, २०२० को मितिमा जारी भएको विज्ञापनको सूचना हेर्दा सरासर पीडितहरुलाई ठग्ने उदेश्यले उक्त सूचना जारी भएको अनुमान गर्न सकिन्छ । कोभिड १९ को कारण मार्च २०२० देखि जुलाई २०२१ सम्म अष्ट्रेलियाको सबै भिसा बन्द रहेको थियो । जुलाई २०२१ देखि डाक्टर नर्स जस्ता उच्च जनशक्तीको लागि आन्शिक भिसा खुलाईएको थियो भने नोभेम्बर २०२१ बाट सर्बसाधारणको लागि खुल्ला गरिएको हो ।

हामीले दुबईमै कन्सल्टेन्सी काम गर्ने केही नेपाली र भारतीय ब्यवसायीहरुलाई यस बारे जानकारी माग्दा अस्ट्रेलियाको भिसा मार्च २०२० देखि नै बन्द रहेको र नोभेम्बर २०२१ बाट खुलेको स्वीकार गरे । उनिहरुमार्फत भिसा चेक गर्दा पनि नक्कली हुन सक्ने भन्दै आफ्नो नाम नलेखिदिन भने । अस्ट्रेलियाको भिसा चेक गर्ने वेबसाइटमा चेक गर्दा बुडाथोकीको भिसा देखिएन । श्रेष्ठले भने पहिले देखिने गरेको र हाल लकडाउनको कारण नदेखिने हास्यास्पद तर्क दिने गरेका छन् । अस्ट्रेलिया जस्तो देशको भिसा जारी भए पश्चात अनलाइन चेक गर्दा नदेखिने भन्ने कुरै नहुने ती भारतीय ब्यवसायीले दाबी गरे ।

अस्ट्रेलियाको भिसा  तलको लिन्कमा गएर आँफै पनि चेक गर्न सकिन्छ ।

https://online.immi.gov.au/evo/firstParty)

यदि त्यो भिसा सक्कली थियो भने जुलाई नोभेम्बर २०२१ देखि आजको दिनसम्म पनि भिसा आएर पनि अष्ट्रेलिया किन पठाएनन् ? पीडितको प्रश्न रहेको छ ।

श्रेष्ठको खण्डन:

श्रेष्ठले आफु विरुद्ध गलत अफवाह फैलाएको भन्दै बिज्ञप्ति जारी गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा (subclass-998) भिसा भनिएको छ ताकी पीडित काजीमान बुढाथोकीलाई दिईएको भिसा (subclass-988) हो । सेप्टेम्बर १९,२०२० मा भिसा आएको देखिन्छ तर त्यतिबेला महामारीको कारण अष्ट्रेलियाको भिसा बन्द रहेको थियो । यदि त्यो भिसा सक्कली नै भए पनि भिसा बन्दको बेला कसरी भिसा आयो भन्ने पर्याप्त प्रश्नहरु गर्न सकिन्छ । श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा उक्त भिसा हालसम्म पनि बन्द रहेको बताईएको छ । ताकी अस्ट्रेलियाले नोभेम्बर २०२१ देखि सबै भिसाहरु खुल्ला गरेको छ । उनले आफ्नो र आफ्नो कम्पनीको छबि धुमुल्याउने काम भएको भन्दै रोष प्रकट गरेका छन् ।

उनको बिज्ञप्ति जस्ताको त्यस्तै:

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार