काङ्ग्रेसले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २७ श्रावण २०७६, सोमबार फोटो समाचार

काठमाडौं– नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले साउन ३१ र ३२ गते पोखरा, भदौ २ र ३ गते रुपन्देही र भदौ ५ र ६ गते सुर्खेतमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रशिक्षणमा काङ्ग्रेसका साङ्गठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्याङ्कन तथा जनतासँग सम्पर्क र संवादजस्ता कुरालाई समावेश गरिएको सचिव आचार्यले बताए ।

प्रतिष्ठानका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसका सदस्यलाई जनतासँग आत्मीय सम्पर्क होस् भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
प्रशिक्षण पार्टी सभापति, वरिष्ठ नेता पदाधिकारी तथा केन्द्रीय नेताको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार