अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु

उज्यालो प्रतिनिधि ४ माघ २०७८, मंगलवार विश्व

काठमाडौँ ।  अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश न्यू साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका छन् । अस्ट्रेलियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

 

यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो ।

पछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो । न्यू साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियाका अधिकांश अस्पताल कोभिड बिरामीले भरिएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार