सुदूरपश्चिममा ३४५ सङ्क्रमित थपिए

बैतडी ।  सुदूरपश्चिम प्रदेशमा आज थप ३४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट एक हजार २७५ जनाको नमूना परीक्षण गर्दा ३४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पिसिआरमार्फत १०३ र एन्टिजेनमार्फत २४२ जनामा पुष्टि भएको हो । पिसिआरमार्फत सेती प्रादेशिक अस्पतालमा ८९, जिल्ला अस्पतालमा १०, जिल्ला अस्पताल डोटीमा चार र एन्टिजेनमार्फत कञ्चनपुरका १२३, कैलालीका ९५, डोटीका सात, डडेल्धुरा र बाजुरा छ÷छ र बैतडीका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, गएको २४ घण्टामा प्रदेशभर १२ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकजनाको पनि मृत्यु भएको छैन । बाजुराको खप्तड छेडेदह–२ का ५१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो । यसअघि आइतबार यस प्रदेशमा १८४ जनामा सङ्क्रमण पुष्टि हुँदा आठजना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म छ सय १६ जनाको ज्यान गइसकेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार