मोहन वैद्य भन्छन-‘प्रचण्ड र विप्लवबाट अब क्रान्तिको सुरुवात हुन सक्दैन’

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड र विप्लवबाट अव क्रान्तिको सुरुवात हुन नसक्ने बताएका छन । सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमा बैद्यले पार्टी एकताका लागि बिभिन्न चरणमा छलफल भएको भन्दै अव प्रचण्ड र विप्लवबाट क्रान्तिको सुरुवात हुन नसक्ने देखिएको बताएका हुन ।

दुवै नेताले शान्तिपूर्ण माध्यमबाट समाजवाद आउने कुरा गरेकाले क्रान्तिकारी धारमा विचलन आउने खतरा आफुले देखेको उनले बताए । मसालका महामन्त्री मोहन विक्रम सिंह र विप्लवमा अरुका कुरा सुन्ने प्रवृत्ति नरहेको र उनीहरुको पार्टीमा व्यक्तिवाद हावी भएको महासचिव वैद्यले बताए ।

बैद्यले अव पार्टीलाई शसक्त रुपमा क्रान्तिकारी धारका रुपमा अघि बढाउने समय आएको धारणा राखे । कार्यक्रममा गोपाल किराती नेतृत्वको माओवादीमा रहेका नेताहरु नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार