रियललाई १२ औँ पटक सुपर कप उपाधि

उज्यालो प्रतिनिधि ३ माघ २०७८, सोमबार खेल

काठमाडौँ ।  रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओलाई हराउँदै १२ औँ पटक सुपर कप उपाधिमाथि कब्जा जमाएको छ । रियलको जीतमा लुका मोड्रिच र करिम बेन्जेमाले एक एक गोल गरे ।

 

साउदी अरबको रियादस्थित किंग फहाद अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा मोड्रिचले रियललाई अग्रता दिलाए । बिल्बाओका खेलाडीले ह्याण्डबल गरेपछि रियलले पेनाल्टी पायो जसलाई बेन्जेमाले सजिलै गोलमा परिणत गरे ।

खेलको अन्त्यतिर रियलका एडर मिलिटाओले हातले बल रोकेपछि मैदानबाहिर जान परेको थियो । बिल्बाओले पनि यसबाट पेनाल्टी पायो तर राउल गार्सियाको प्रहारलाई थियाबट कोर्टवाले उत्कृष्ट बचाऊ गरे । जीतसँगै रियल चिर प्रतिद्वन्द्वी बार्सिलोनाको १३ वटा सुपरकपको कीर्तिमानको नजिक पुगेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार