काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनाबाट मुक्त बनेका छन् । पिसिआर परिक्षणबाट गरिएको परिक्षणमा उनको कोरोना नेगेटिभ आएको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
गंगाले लेखेकी छिन्, ‘अध्यक्ष कमरेड प्रचण्डको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसंगै वहॉ कोरोनामुक्त हुनुभएको छ। यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार।’
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।