काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई सर्वाधिक गाली खानेको सुचीमा थपिएका छन् ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटापछि सर्वाधिक गाली खानेको सुचीमा योगेश थपिएका हुन् । सञ्चारमन्त्री हुँदा ७० करोड घुस मागेको टेप रेकर्ड बाहिरिएपछि गोकुलले मन्त्रीबाट राजीनामा दिएका थिए ।
बाँस्कोटा मन्त्री हुँदा बाहिरिएको टेप रेकर्डका कारण उनी आलोचनाको शिखरमा छन् । बाँस्कोटाको हरेक स्टाटसमा अहिले ‘७० करोड’ प्रतिक्रियाको ओइरो लागेको छ ।
त्यसपछि एमाले सचिव भट्टराई अहिले आलोचनाको शिखरमा छन् । योगेश यसअघि लोकप्रिय युवा नेताको रुपमा परिचित थिए । एमालेका लोकिप्रय युवाको रुपमा चिनिएका योगेश मन्त्री हुँदा उनीमाथि धेरैले जनमुखी कामको अपेक्षा राखेका थिए ।
तर, योगेश भट्टराई मन्त्री हुँदा विवादित निर्णयहरु गरेको बाहिरिएपछि उनीमाथि अहिले आलोचनाका शब्दहरु बर्सिरहेको छ ।
नारायणहिटी दरबार संग्राहालयमा बतास समुहलाई सुविधासम्पन्न होटल सञ्चालन गर्न भट्टराई मन्त्री भएको बेला अनुमति दिएको विषय बाहिरिएसँगै उनी विवादमा परेका थिए ।
त्यसपछिका एक अन्तर्वार्तामा पनि पर्यटनमन्त्री प्रेम आलेले योगेश भट्टराईको पालामा भएको भन्दै विवादित निर्णयको फेहरिस्त सुनाएका थिए । त्यसयता योगेश झन् गाली खानेको भीमा परेका छन् ।
योगेशमाथि मन्त्री हुनुअघि व्यवसायीसँग १ करोड मागेकोदेखि युद्धकालमा हातहतियारको कारोबारी गरेकोसम्मको आरोप प्रेम आलेले लगाएका छन् ।
योगेशले पनि मन्त्री आलेले भीआइपी कक्षबाट रक्सी ल्याएको भन्दै आलोचना गरेका थिए । अहिले योगेश र आलेबीच पनि टकराव देखिएको छ ।
भट्टराईमाथि सार्वजनिक रुपमा अहिले गाली गर्नेको लर्को लागेको छ । उनको फेसबुक स्टाटसमा पनि गाली गर्नेको लर्को छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।