काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालामा बनिरहेको रेष्टुरेन्ट सेभेन स्टारजस्तो रहेको प्रतिक्रिया दिएका छन् ।
अनुगमनपछि मन्त्री आलेले भने, ‘धर्मशाला त सेभेन स्टार होटलकै सेरोफेरोजस्तो छ, म चकित परेँ ।’
उक्त धर्मशाला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
भक्तजनलाई बसोबासका लागि सजिलो होस् भनेर भारतीय सरकारले भारू २५ करोड खर्चेर धर्मशाला बनाएको थियो ।
‘यो धर्मशाला त यसो हेर्दा आलिसान होटलजस्तो छ । एकै रूमको ११ हजारसम्म शुल्क लाग्ने गरी दिइएको रहेछ,’ उनले भने, ‘धर्मशालाजस्तो रूप नभएर यो आधुनिक, सेभेन स्टार होटलजस्तो छ ।’
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।