धादिङ । धादिङमा शनिबार २३ जनामा कोरोना संक्रमण देखिएको छ जिल्ला स्वास्थ्य कार्यालय धादिङले बताएको छ ।
धादिङमा आज पुष्टि भएका संक्रमितहरुमा १२ महिला र ११ पुरुष रहेका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ४, धुनिबेसी नगरपालिकामा ३, ज्वालामुखी गाउँपालिकामा १, नेत्रावती गाउँपालिकामा १, त्रिपुरासुन्दरी गाउँपालिकमा १ र धादिङ हस्पिटलमा १३ गरि २३ छन् ।
यो सँगै धादिङमा कोरोनाको सक्रिय केश ७४ पुगेको छ र सबै जना होम आइसोलेसनमा रहेका छन् । आजै ८३ एण्टीजेन परिक्षणमा २३ पोजिटिभ आएको छ ।