राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित

काठमाडौँ । संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले ‘विशेष कारणवश’ स्थगित गरिएको जानकारी दिएका छन् । ‘माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएको’ सूचना महासचिव गौतमले जारी गरेका हुन् ।

यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचना जारी भएको थियो । प्रतिनिधिसभा बैठक पनि पटकपटक सूचना जारी गरेर स्थगित हुँदै आएको छ । संसद्‌मा एमालेको अवरोध र कोरोना संक्रमणको कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार