मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु

उज्यालो प्रतिनिधि १ माघ २०७८, शनिबार समाचार

पाँचथर ।  पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मकर नुहाउने क्रममा आज दिउँसो १२:४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो ।

बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब ४ किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तुम्बेवा–२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय रबीबाट प्रहरी निरीक्षक केशव अधिकारीको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार