सुदूरपश्चिममा एकैदिन ३८३ जनामा सङ्क्रमण

बैतडी ।  सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकैदिन थप ३८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार ३१ जनाको नमूना परीक्षण गर्दा ३८३ मा सङ्क्रमण पुष्टि भएको हो ।

पीसीआरमार्फत ७३ र एन्टीजेनमार्फत ३१० मा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६६, जिल्ला अस्पताल डोटीमा छ, कमलबाजार अस्पतालमा एक र एन्टीजेनमार्फत कैलालीमा १९०, कञ्चनपुरमा १०१, डोटीमा ११ र बैतडीमा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार