अर्को साता १ किलोमिटर फराकिलो छुद्र ग्रह पृथ्वीको नजिकैबाट गुज्रने

उज्यालो प्रतिनिधि ३० पुष २०७८, शुक्रबार प्रविधि

काठमाडौँ ।  आउँदो मंगलबार अर्थात् जनवरी १८ मा अनुमानित १ किलोमीटर चौडा छुद्र ग्रह पृथ्वीको नजिकैबाट गुज्रने भएको छ । यो हाम्रो ग्रहको १२ लाख माइल अन्तरमा गुज्रने र प्रति घन्टा ४७ हजार ३४४ किलोमिटरको गतीमा चल्ने नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिजलेजनाएको छ ।

पृथ्वीको नजिक आउन लागेको यो छुद्र ग्रहलाई ७४८२ (१९९४ पीसी वान) नाम दिइएको छ । यसलाई नासाले सन् १९९४ मा पत्ता लगाएको थियो ।

७४८२ ९१९९४ पीसी १०ले पृथ्वीलाई प्रहार गर्ने अपेक्षा भने गरिएको छैन । यद्यपि, नासाको अनुमान अनुसार अबको दुई शताब्दिसम्म पृथ्वीको नजिक आउने सबैभन्दा नजिकको क्षुद्रग्रह यही हो ।

यो पृथ्वीलाई हानी गर्ने गरी आउन लागेको सबैभन्दा ठूलो क्षुद्रग्रह होइन । ३१२२ फ्लोरेन्स (१९८१ इटी ३) नाम दिइएको एउटा क्षुद्रग्रह सन् २०१७ सेप्टेम्बर १ तारिखमा पृथ्वीको निकै नजिकबाट गुज्रिएको थियो । त्यो नजिकैबाट आयो तर २०१७ को सेप्टेम्बरमा पृथ्वीमा ठोकिनबाट जोगिएको थियो । उक्त छुद्र ग्रह अनुमानित २.५ माइलदेखि ५.५ माइलसम्मको फरकमा भएकामे अनुमान गरिएको छ । यसले सन् २०५७ सेप्टेम्बर २ तारिखमा पुनः यात्रा गर्ने बताइएको छ ।

यसैबीच ७४८२ ९१९९४ पीसी १० लाई नांगो आँखाले भने देख्न सकिन्नँ । सौखिन खगोलविद्ले सानो दुरबीनको सहायतामा यसलाई देख्न सक्ने अर्थस्काई डट कमले जनाएको छ ।

यो वर्षको सेप्टेम्बरमा नासाको एयरक्राफ्टलाइ जानीजानी छुद्रग्रहसँग ठोकाइएको थियो । यसलाई एक छुद्र ग्रहले हान्दा हुने अवस्था पत्ता लगाउन यसो गरिएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार