स्वास्थ्य क्षेत्रमा आफ्नो पहिलो प्रथामिकता : मन्त्री थारु

शिवु खनाल ३० पुष २०७८, शुक्रबार समाचार

देउखुरी ।  लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले नागरिकको स्वास्थ्य अधिकारलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मन्त्री थारुले स्वास्थ्य क्षेत्र आफ्नो पहिलो प्रथामिकता भएको वताउनु भएको हो ।

भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्रका स्थानीयहरुसंग भेटघाट एवम् छलफल गर्दै मन्त्री थारुले यस्तो बताउनुभएको हो । मन्त्री थारुले पहिलो प्रथामिकता स्वास्थ्य क्षेत्रको सुधार रहेको र सोही अनुसार काम गरिरहेको समेत बताए । उनले स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले पनि प्रयाप्त बजेट विनियोजन गरेको र संघिय सरकारबाट पनि थप बजेट अल्याउनको लागी समन्वय र सहकार्य भइरहेको समेत जानकारी दिए ।

मन्त्री थारुले आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत गढवा र राजपुर गाउँपालिकामा पर्ने भारतसंग जोडिएका दाङको सीमावर्ती क्षेत्रको स्वास्थ्य अवस्था तथा समस्याका वारे छलफलमा स्थानीय नाकाबासीहरुसंग जानकारी लिनुभएको छ । शुक्रवार स्थानीयसंग भेटघाट तथा छलफलमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले आधारभुत स्वास्थ्य ईकाइ केन्द्र भैसाहीँनाकामा खानेपानी, शौचालय, भवन र आवश्यक औषधी र दक्ष जनशक्तीको समेत समस्या रहेकोले तिनै तहका सरकारले यस विषयमा गम्भिरतापूर्वक ध्यान दिनु पर्ने बताए ।

यता राजपुर गाउँपालिका (माओवादी केन्द्र) अध्यक्ष चक्रबहादुर खड्का (शिखर) ले भारतसंग जोडिएका अधिकांश सीमावर्ती क्षेत्रमा स्वास्थ्य क्षेत्रको समस्या बारे मन्त्री थारुलाई ध्यानाकर्षण गराउनुभएको थियो । उनले भने,—। ‘पालिकामा रहेका धेरै स्वास्थ्य चौकीहरुमा आवश्यक स्वास्थ्य सामाग्री, औषधी, स्वास्थ्यको भवन, दक्ष जनशक्ती, शौचालयको समस्या रहेको छ ।’

स्वास्थ्य क्षेत्र उदाहरण बनाउँछौं : 
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले स्वास्थ्य क्षेत्रको पहुँचलाई आधारभूत बनाउँदै स्वास्थ्य सेवालाई उदाहरण बनाउने प्रतिवद्धता जनाएको छ । मन्त्री थारुले भारतसंग जोडिएका समिावर्ती क्षेत्रका नाकाबासीहरुसंग स्वास्थ्य सम्बन्धी विशेष कुराकानी गर्दै सीमावर्ती क्षेत्रका स्थानीयहरुलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोड्ने विषयमा जोड दिने र छिमेकी राष्ट्र भारतसंग जोडिएका दाङका ३४ वटै सीमावर्ती क्षेत्रका स्वास्थ्य अवस्था बलियो बनाउने बताउनुभयो । स्वास्थ्य संस्थामा जनशक्तिको उपलब्धता, भौतिक संरचना निर्माण, स्रोत र उपकरण तथा चिकित्सकहरूमा दिइने ऊर्जाले नै प्रदेशमा स्वास्थ्यको अवस्था बलियो पार्ने गरी प्रदेश सरकारले काम गरिरहेको मन्त्री थारुले बताए ।

उनले जिल्ला अस्पतालहरूलाई राष्ट्रिय मापदण्डमा लैजाने गरी काम हुनुपर्ने र अहिले पनि डक्टरको दरबन्दी एकातिर काम गर्ने अर्कोतिर भइरहेको बताउँदै लुम्बिनी प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थपन र भौतिक पूर्वाधार विकासका लागि प्रभावकारी काम भएको उल्लेख गर्नुभयो । मन्त्री थारुले भने,—। ‘जनता सरकारी अस्पतालमा आउँदा निराश भएर फर्कन नपर्ने गरी सेवा र पूर्वाधार विकासको काम प्रदेश सरकारले गरिरहेको छ ।’

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार