सहकारी आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ : मन्त्री श्रेष्ठ

उज्यालो प्रतिनिधि ३० पुष २०७८, शुक्रबार समाचार

काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताएको छ ।

यहाँ आज आयोजना गरिएको राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा, एकाइ प्रतिनिधिको सभामा मन्त्री श्रेष्ठले समुदायप्रति सदैव जिम्मेवार बनेर नागरिकको भरोसा बढाउनु सहकारीको प्रमुख दायित्व भएको उल्लेख गरे । सहकारीको सिद्धान्त, उद्देश्य र मर्मअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकेको र सहकारीप्रति बचतकर्ताको विश्वासमा कमी आएको उनको धारणा थिए।

सहकारीको क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै त्यसप्रति नागरिकको विश्वास र भरोसा बढाएर लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व भएको मन्त्री श्रेष्ठले बताए । संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको र आर्थिक विकास तथा समृद्धिका लागि यसको भूमिका महत्वपूर्ण हुने हुँदा सहकारीलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा उनले जोड दिए ।

सहकारीको सिद्धान्त मूल्यमान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारिताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले भूमिका निर्वाह गर्न आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार