संयुक्त राष्ट्र प्रमुखद्वारा आर्थिक पतनबाट बच्न अफगानिस्तान केन्द्रीय बैंकलाई सहयोग गर्न आग्रह

उज्यालो प्रतिनिधि ३० पुष २०७८, शुक्रबार विश्व

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानको केन्द्रीय बैंकलाई तुरुन्तै सहायता प्रदान गर्न र देशको अर्थतन्त्रमा तरलता रोक्न थप सहयोग गर्न आह्वान गरेका छन ।

“अफगानिस्तानको केन्द्रीय बैंकको कार्यलाई संरक्षित र सहयोग गरिनु पर्छ र अफगान विदेशी मुद्रा भण्डारको सशर्त फुकुवाका लाग मार्ग पहिचान गरिएको छ,” स्पुतनिकले गुटेरेसको बयानलाई उद्धृत गर्दै लेखेको छ। “हामीले अर्थतन्त्रमा द्रुत रूपमा तरलता इन्जेक्सन गर्न र लाखौंको लागि गरिबी, भोक र विपन्नता निम्त्याउने मन्दीबाट बच्न अझ बढी केन्द्रीत गर्नुपर्दछ,” गुटरेसले थपे ।

अगस्टको मध्यमा तालिबानले कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानको करिब १० अर्ब डलरको सम्पत्ति रोक्का गर्दै र इस्लामिक इमिरेट्समाथि प्रतिबन्ध लगाएको थियो।

यस बीचमा अफगानिस्तानलाई विदेशी सहायताको रोकले अफगानिस्तानको पहिल्यै कमजोर आर्थिक प्रणालीलाई थप अपाङ्ग बनाएको छ जसले लाखौं मानिसहरूको जीवनमा प्रतिकूल असर पारेको छ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार