ब्लिन्केन र जोर्डन समकक्षीद्वारा सिरियाको राजनीतिक समाधानबारे छलफल

उज्यालो प्रतिनिधि ३० पुष २०७८, शुक्रबार विश्व

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग आज वाशिंगटनमा भेट गरेका छन । सो अवसरमा उनीहरुले सिरिया र प्यालेस्टाइन दुवैको राजनीतिक समस्या समाधानबारे छलफल गरेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्तिमार्फत् जनाएका छन ।

“विदेशमन्त्री ब्लिन्केनले सिरियामा राजनीतिक समाधान र इजरायल-प्यालेस्टाइन द्वन्द्वको द्वीपक्षीय समाधानको समर्थनमार्फत यस क्षेत्रमा स्थायित्वका लागि अमेरिकी प्रतिबद्धतालाई पुन: पुष्टि गर्नुभयो,” प्राइसले बिहीबार उल्लेख गरेका छन । कूटनीतिज्ञहरूले जोर्डनको आर्थिक बृद्धि र अवसरलाई विस्तार गर्ने, पानीमा पहुँच सुरक्षित गर्ने सुधारहरू गर्ने आवश्यकताबारे पनि छलफल गरेको जनाइएको छ ।

मङ्गलबार जोर्डनका प्रधानमन्त्री बिशेर अल खसावनेहले अम्मोन न्यूजसँगको अन्तर्वार्तामा आफ्नो देशले सिरियाली सरकारसँग मेलमिलापका लागि छलफल गर्न गोप्य च्यानलहरू खोलेको अस्वीकार गरेको थियो।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार