‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

उज्यालो प्रतिनिधि ३० पुष २०७८, शुक्रबार बागमती

भक्तपुर ।  भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् ।

 

विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिए । उनले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिए । उनले ल्यापटप कार्यक्रमका लागि वडाध्यक्ष, समाजसेवी तथा व्यवसायीले सहयोग गरेको उल्लेख गर्दै केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोरेको जानकारी दिए ।

उक्त सहयोगबाट शिक्षक खुशी भएको उनको भनाइ छ । वडाध्यक्ष एवं सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीका समयमा पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकलाई ल्यापटप दिइएको जानकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार