सहिद स्मारक लिगमा नवौँ चरणका खेल : आज एपीएफसँग शेर्पा र मनाङसँग सातदोबाटो भिड्दै

उज्यालो प्रतिनिधि ३० पुष २०७८, शुक्रबार खेल

काठमाडौँ ।  सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट नवौँ चरणका खेल हुँदैछन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् । १ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने कोशिष गरिरहेको एपीएफ नविन लामाको कप्तानीमा हुनेछ भने तालिकाका मध्यक्रममा रहेका शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ ।

 

एपीएफ ८ खेलमा ७ अंक जोडेर दशौं स्थानमा छ । उसलाई आजको खेलमा जित निकाल्दै कम्तिमा रेलिगेशनको भय हटाउनु छ । शेर्पा भने मध्यक्रममा रहने प्रयासमा हुनेछ । रेलिगेशनको डर टारेको शेर्पाले आफुलाई शीर्ष ६ मा राख्न आजको खेल जित्ने योजना तयार पारेको छ ।

८ खेलमा ११ अंक जोडेको शेर्पा छैटौं स्थानमा छ । आज अपरान्ह पौने ५ बजे हुने खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई नवप्रवेशी सातदोबाटो युथ क्लबले चुनौती पेस गर्नेछ ।

अन्जन विष्टको कप्तानीमा रहेको मनाङ लय गुमाएको सातदोबाटोलाई हराउँदै कम्तिमा २४ घण्टाको लागि शीर्ष स्थानको दाउमा हुनेछ । सातौँ चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप छनोट हुने मौका गुमाएको मनाङ लिग उपाधि भने आफ्नो नाममा लेखाउने दाउमा छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोसमेत मनाङविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ । सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटोले पछिल्ला खेलहरूमा भने लय बिर्सिएको छ । उसले मनाङ विरुद्ध पुरानै प्रदर्शनलाई दोहोर्याउने योजना बनाएको छ । हाल सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार