सुदूरपश्चिममा एकैदिन ३१८ जनामा सङ्क्रमण

बैतडी ।  सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत २५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ४७, महाकाली अस्पतालमा १६ र एन्टिजेनमार्फत कञ्चनपुरका १२०, कैलालीका ११२, डोटीका ११, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २५४ जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार